About Us

चिरख्वा हाइड्रो पावर प्रा.लि विद्युत उत्पादन गरि स्थानीय तथा राष्ट्रिय विकासमा समेत टेवा पुर्याउने उद्देश्यका साथ बिभिन्न क्षेत्रका अनुभव प्राप्त व्यक्तिहरुको सानो प्रयासबाट २०६५/९/२७ मा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा दर्ता नं. ५९४५७/०६५/०६६ मा स्थापना भएको हो । मिति २०७६/०२/२६ मा सम्पन्न विशेष साधारण सभाको निर्णयबाट चिरख्वा हाइड्रोपावर लिमिटेड कायम गरी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७६/०३/२५ को निर्णयले पब्लिक लिमिटेड (दर्ता नं. २१८७३२/०७५/०७६) मा परिणत भएको हो ।
यस कम्पनीकाे माथिल्लाे चिरख्वा खाेला जलविद्युत आयोजनाको बाँध स्थल (Intake Area षडानन्द नगरपालिका वडा नं. १ मा  पर्दछ भने Head Race Pipe को अधिकांश भुभाग वडा नं. २ हुँदै Forebay र Power House वडा नं. १ मा अवस्थित छ । सो पावरहाउसबाट उत्पादित विजुली ३३ केभी प्रसारण लाइन मार्फत सोही नगरको वडा नं. ४, ५, ६ हुँदै संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं. ९ तुङलिङटार स्थित नेपाल विद्युत प्राधिकरणको २२० केभी सवस्टेशनको ३३ केभी बसबारमा जोडिएको छ ।
यस आयोजनाको निर्माण कार्य मिति २०७५ पौषबाट प्रारम्भ गरिएको र झण्डै ५ वर्ष तीन महिना पछि २०८० चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरिएको भएता पनि करिव २२ किलोमिटर प्रसारण लाइनमा केही स्थानीय समस्या भएको कारणले २०८१ बैशाख १४ गते मात्र आयोजनाको परिक्षण प्रसारण सम्पन्न गरी मिति २०८१ जेष्ठ २० गतेदेखि व्यवसायिक उत्पादन भइरहेको छ ।