पाँचाैँ वार्षिक साधारण सभा सम्पन्न
कम्पनीकाे पाँचौ साधारणसभा सम्पन्न भएको छ । मिति २०८१ असार २३ गते बुद्धनगर स्थित क्वालिटी बैँक्वेटमा साधारणा सभा सम्पन्न भएकाे हाे । साधारण सभाको अध्यक्षता चिरख्वा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक राईले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन अध्यक्ष दीपक राईले पानसमा बत्ति बालेर गरेका गर्नुभएको थियो । कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी रु ४० करोड रहेको र जारी पुँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्बसाधारणलाई छुट्याउने निर्णय बमाजिम संस्थापक शेयरधनीहरुको २८ करोड र सर्वसाधारणको १२ करोड लगानी भएको बताउँदै अध्यक्ष राईले कम्पनीको आयोजना माथिल्लो चिरख्वा खोला जलविधुत आयोजना (४.७ मेगावाट) निर्माण गर्नका लागि राष्ट्रिय बाणिज्य बैकसँग वित्तिय साझेदारी रहेको जानकारी गराउनु भएको थियो । सभामा बोल्दै कम्पनीका संस्थापक अध्यक्ष तथा र्वतमान संचालक केदार कार्कीले स्थानीयबासीलाई १० प्रतिशत शेयर व्यवस्था गरेको बताउँदै अब्बल खालको कम्पनी बनाउने कोशिसमा रहेको र प्रोजेक्ट बलियो होस् भनेर हामीले गुणस्तरीय सामान प्रयोग गरेको पनि साधारण सभामा जानकारी गराउनु भएको थियो । कार्कीले शेयरधनीहरुको सकारात्मक सुझाव प्रति आभार ब्यक्त गर्नुभएको थियो । सेयरधनीको तर्फबाट शत्रुघन श्रेष्ठ, डम्बरु बल्लभ घिमिरे, जगन्नाथ आचार्य ,बैजुनाथ रौनियार, सुदिप श्रेष्ठ, गोविन्द केसी, इन्द्रकृष्ण श्रेष्ठ, निरुपमा गुप्ता लगायतले आफ्ना सुझाव प्रकट गर्नुभएको थियो । सभाले सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको प्रतिवेदन, ०७९/८० को लेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन पारित गर्दै आ.व. ०८०/८१ लेखापरिक्षक श्री कँडेल एण्ड एसोसियट्सका श्री राम प्रकाश शाहलाई नियुक्त गरेको थियो भने कम्पनीको ठेगाना काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १० मा स्थानान्तरण गर्ने तथा संस्थापक संचालकहरुको संख्या ५ जना कायम गर्ने विशेष प्रस्तावलाई पारित गरेको थियो । त्यस्तै २ जना सर्वसाधारणहरुको निर्वाचनको सन्दर्भमा श्री आनन्दमणी राउत र श्री प्रतिक्षा पौडेलको मात्र मनोनयन पत्र दर्ता भएको, यस बाहेक अन्य कसैको पनि मनोनयन दर्ता हुन नआएको र मनोनयन पत्र दर्ता गर्ने उमेद्वार विरुद्ध कुनै पनि दावी विरोध प्राप्त नभएको हुँदा निर्वाचन अधिकृत श्री सुरेश पोखरेलज्यूले वहाँहरु निर्विरोध निर्वाचित भएको भनी सभा समक्ष घोषणा गर्नु भएकोले वहाँहरु दुवै जनालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षको लागि सञ्चालक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । कार्यक्रममा संचालक दावा जाङमु श्रेष्ठ (लामा)ले अतिथि महानुभावहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव डी.पी. तिम्सिनाले गर्नुभएको थियो ।